नियम ४
अधिकारक्षेत्रको प्रयोग
(१) इजलासको अधिकारक्षेत्रको प्रयोग प्रधान न्यायाधीश सहित इजलासका सबै न्यायाधीशहरुबाट सामूहिक रुपमा गरिनेछ ।
(२) इजलासबाट आदेश वा फैसला हुँदा कुनै न्यायाधीशले आफ्नो छुट्टै राय समेत व्यक्त गर्न सक्नेछ ।
(३) उपनियम (२) बमोजिम न्यायाधीशले व्यक्त गरेको रायबाट इजलासको आदेश वा फैसलामा एकमत कायम हुन नसकेमा बहुमत न्यायाधीशहरुको रायलाई इजलासको निर्णय मानिनेछ ।
(४) इजलासले आफ्नो अधिकारक्षेत्र अन्तर्गत पर्ने विवाद निरुपणको क्रममा आवश्यकता अनुसार प्रचलित कानून बमोजिम सुरु अदालतलाई भए सरहको अधिकार र कार्यविधिको प्रयोग गर्न सक्नेछ ।